Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  ३३.९७ अंकले घट्यो नेप्से, सबै परिसूचक राताम्मे 


    आइतबार, असोज २ २०७९
    530
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ३३.९७ अंकले ओरालो लागेको छ । आज सेयर बजार ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा बन्द भएको छ । 

    यस्तै २२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने आठ कम्पनीको बढेको छ । 

    सबैभन्दा जीवन बिमा २२१, निर्जीवन बीमा १२४, विकास बैंक ९१, माइक्रोफाइनान्स ७७, उत्पादन ७१, जलविद्युत् ६५, व्यापार उपसमूह ६१, फाइनान्स ४७, होटल तथा पर्यटन ४० र बैंकिङ १२ अंकले घटेको छ ।
     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार