काठमाडौँ। बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग गुहार अर्थात् समन्वय गर्ने भएको छ ।
एक जना १७ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको भन्दै लामिछानेमाथि २१ भदौमा काठमाडौं प्रहरीमा बलात्कारको उजुरी परेको थियो ।
तर, लामिछाने अझै नेपाल फर्किएका छैनन् । काठमाडौं प्रहरीले उनी नेपाल नफर्किएपछि इन्टरपोलसँग समन्वय गरेर नेपाल ल्याउने तयारी गरेको जनाएको छ ।
हाललाई प्रहरीले इन्टरपोलमार्फत लामिछानेविरुद्ध डिफ्युजन नोटिस मात्रै जारी गर्न लागेको हो ।