Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट बच्न घरघरमा नमाज अध्ययन 


    शुक्रबार, चैत्र ७ २०७६
    955
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ७ चैत । मुस्लिम समुदायले घरघरमै नमाज पढ्न सुरु गरेका छन् । अरु समयमा मस्दिजमा पढ्ने नमाज विश्वका अधिकांश देशमा फैलिएको नोबले कोरोना भाइरसबाट जोगिनको लागि नमाज घरमै पढको हो ।

    हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज पनि घरमै पढ्न सुरु भएको नेपाली जामे मस्जिद संघका अध्यक्ष समिम अन्सारीले जानकारी दिए ।

    २५ जना भन्दा बढी भेला हुन नपाउने सरकारको निर्देशन अनुसार मस्जिदको सट्टा घर वा कारखानामै नमाज पढ्न थालिएको हो ।

    अन्सारीका अनुसार मदरसाहरूको पठनपाठन पनि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार