काठमाडौँ । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतमाथि १-० को जित हात पारेको हो ।
नेपालको जितका लागि रश्मी कुमारी घिसिङले गोल गरेकी हुन् । पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी-बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल गरेकी थिइन् । अब नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।