Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनावअघि लालपूर्जा नबाँड्न निर्वाचन आयोगको निर्देशन


    शुक्रबार, भाद्र ३१ २०७९
    545
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ । भूमि आयोगले चुनावको मुखमा भूमिहीनलाई लालपुर्जा वितरण गर्न थालेपछि आयोगले सो निर्देशन दिएको हो । 

    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी कुनै काम नगर्न आयोगले भूमि आयोगलाई भनेको छ । 

    ‘आसन्न निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको लालपुर्जा वितरण गर्नेलगायतका सबै काम तत्काल स्थगित गर्न’ आयोगले विज्ञप्तिमार्फत् जनाएको छ । यसबारे दुई दिनभित्र यथार्थ जानकारी दिन पनि भनिएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार