Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अजरबैजानको हमलामा परि १०५ आर्मेनियाली सैनिक मारिए


    बिहिबार, भाद्र ३० २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। अजरबैजानसँगको सीमामा सोमबारदेखि भएको द्वन्दमा १०० भन्दा बढी आर्मेनियाली सैनिकको ज्यान गएको आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले जनाएका छन् ।

    अजरबैजानले यस लडाइँमा आफ्ना ५० सैनिक पनि मारिएको बताएको छ । 

    विवादित नागोर्नो–काराबाख क्षेत्रलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच लामो समयदेखि चलिरहेको द्वन्द्वको शृंखलामा यो पछिल्लो ठूलो हताहति हो ।

    आफ्नो देशको संसदमा बोल्दै आर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यानले सोमबार रातिदेखि भएको आक्रमणमा १०५ जना आर्मेनियाली सैनिकको मृत्यु भएको बताए।

    उक्त आक्रमणको दोष दुबै पक्षले एक अर्कोलाई दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार