Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँका सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध 


    बिहिबार, भाद्र ३० २०७९
    355
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गरेको छ। महानगरपालिकाले आज सूचनामार्फत असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा सेवन गर्न प्रतिबन्ध लगाउने बताएको छ । 

    सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न  महानगरले सबैलाई आग्रह गरेको छ । 

    महानगरले धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार