Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ जनकंग्रेसका अध्यक्ष ली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा 


    बुधबार, भाद्र २९ २०७९
    875
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भइरहेको छ । गत सोमबार चारदिने भ्रमणका लागि नेपाल आएका चान्सु राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका हुन् । 

    अहिले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अध्यक्ष चान्सुबीच भेटवार्ता भइरहेको हो । 

    प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणको सिलसिलामा आएका उनले  नेपाल  आएकै दिन सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए। साथै उनले मंगलबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका थिए । 

    यसअघि आज बिहान उनले भक्तपुर दरवार स्क्वयारको अवलोकन गरेका थिए । उनी बिहीबार पुन: स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार