Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इन्द्रजात्रा हेर्न जाने दर्शकले आज खुलामञ्चमा सवारी साधन पार्क गर्न पाउने 


    बुधबार, भाद्र २९ २०७९
    535
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।  काठमााडौंको बसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रा हेर्न जाने दर्शकले आफ्नो सवारी साधन खुलामञ्चमा पार्क गर्न पाउने छन् । 

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त जानकारी दिएको हो । 

    आज साँझ इन्द्रजात्राको समापन हुँदै छ । समापन समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पनि आज साँझ बसन्तपुरमा उपस्थित हुने भएकी छन् । 

    ‘काठमाडौँको वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा सहभागि हुने दर्शनार्थीको सुविधालाई मध्यनजर गरी सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी सूचनामा भनिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार