Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जहाज भित्र धुँवा आएपछि आकस्मिक अवतरण


    बुधबार, भाद्र २९ २०७९
    600
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं। गएराति जापानको नारिताका लागि एक सय ८४ यात्रु बोकेर उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमा प्राविधिक समस्या देखिएपछि उक्त जहाज प्राविधिक मर्मतपछि पुन: जापानको नारिता उडेको छ ।    
        
    उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल फर्किएको थियो ।    
     
    मर्मतपछि उक्त जहाज बिहान १० बजे नारिताका लागि उडान भरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन । उनले भनिन, “हिजो राति जहाज उडेको केहीसमयपछि प्राविधिक समस्या देखिएकाले जहाज फर्किएको थियो, प्राविधिक मर्मतपछि जहाज उडिसक्यो, कार्गो होल्डमा धुँवा देखिएपछि जहाज काठमाडौँ फर्किएको थियो ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार