एजेन्सी। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केहि समयदेखि सम्पत्ति शुद्धीकरण मामिलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैयाँकाे चन्दा असुली गरेपछि ज्याकलिन पनि यो मामिलामा तानिएकी हुन् । प्रहरीले ज्याकलिनलाई सुकेशको प्रेमी भएको दाबी गर्दै आएको छ ।
यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले बुधबार ज्याकलिनलाई २०० करोड असुली मामलामा सुकेशसँग जोडिएका विविध प्रश्न सोध्ने तयारी गरेको छ ।
ज्याकलिनलाई ११ बजे मन्दिरमार्गस्थित ईओडब्ल्यू कार्यालयमा अनुसन्धानका लागि बोलाइएको छ ।
अपराध शाखाले पिंकी इरानीलाई पनि अनुसन्धानमा जोडिन उर्दी गरेको छ । ‘ज्याकलिनका लागि तयार पारिएको प्रश्नको सेट नोरा फतेहीसँग सोधिएका प्रश्नभन्दा फरक छन्’, एक अधिकारीले भने ।
ज्याकलिनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले सम्पत्ति शुद्धीकरण मामलामा आफ्नो चार्जसिटमा आरोपीका रुपमा राखेको छ ।