Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन लुटपाटमा संलग्न चार जना पक्राउ


    मंगलबार, भाद्र २८ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुर र काभ्रेका विभिन्न स्थानमा विगत लामो समयदेखि सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । विभिन्न व्यक्तिहरुको पिछा गर्दै एकान्तमा पारी सुन लुटपाट गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    पक्राउ पर्नेमा बुद्ध तामाङ, विशाल राई, आर्यन माझी, सुदिप भण्डारी हुन् । उनीहरूको साथबाट लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकल बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

    साथै सुनको स्वरूप परिवर्तन गर्ने थप दुई जनालाई लुटिएको करिब दुई तोला सुनसहित चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको छ । सो आरोपमा पक्राउ पर्नेमा मोरङका चन्द्रबहादुर विक र अमोल भोसले रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार