Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  नेप्से परिसूचक २१ अंकले बढ्यो, कारोबार रकम कति ?


    मंगलबार, भाद्र २८ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन आज नेप्से सूचक २१.३० अंकले बढेको छ। त्यस्तै,आज सेयर बजार परिसूचक नेप्से आज २१ अंकले बढेर १९३४.०४ विन्दुमा आएको छ । अघिल्लो साताको आइतबारदेखि गत सोमबारसम्म करिब ६५ अंकले घटेको थियो । आज ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    सबै समूहका सूचकमा हरियाली छाएको छ । ३२ सय विन्दु आसपासमा पुगेको नेप्से यसअघि घटेर १८०७ विन्दुसम्म झरेकाे थियाे । त्यहाँबाट केही गति लिएको बजार फेरि शिथिल हुँदै सोमबार १९ सय विन्दु नजिक आइपुग्यो । 

    मंगलबार २३१ कम्पनीको ३१ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ भने यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र हिमालयन एभरेष्ट इन्स्याेरेन्स रहेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार