काठमाडौँ। मुगुमा एक १६ बर्षीया किशोरीको सामुहिक बलात्कार भएको छ।
छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले ती बालिकामाथि सामुहिक बलात्कार गरेकाे आराेप छ ।
पीडितकाे उजुरीका अधारमा बलात्कार आराेपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेकाे छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखि थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।