Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी  र सुदूरपश्चिममा भारी वर्षा, सर्तक रहन आग्रह 


    मंगलबार, भाद्र २८ २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ । हाल प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    आज दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    राती  गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने महाशाखाले बताएको छ ।  भारी वर्षासँगै पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहावको जोखिम रहेको भन्दै महाशाखाले अवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार