Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिनियाँ जनकँग्रेसका अध्यक्ष ली आज काठमाडौँ आउँदै


    सोमबार, भाद्र २७ २०७९
    570
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । चिनियाँ जनकँग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु आज काठमाडौँ आउँदै छन् ।  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली चार दिने नेपाल भ्रमणको सिलसिलामा आज आउन लागेका हुन् । 

    आज परराष्ट्र मन्त्रालयका अनुसार आज सभामुख सापकोटा र चिनियाँ काँग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुने छ । आजै सभामुख सापकोटाले लीको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन् । 
     

    प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष लीबीच २८ गतेका लागि भेटवार्ता तय गरिएको छ । उनले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा.नारायण खड्का नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ । 

    नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग २९ गते भेट गर्ने कार्यक्रम छ। ली नेपाल भ्रमण सम्पन्न गरी ३० गते स्वदेश फर्कने तय भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार