काठमाडौं। साताको पहिलो कारोबारको दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको भाउ स्थिर रहेको जनाएको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको भाउ स्थिर रहेको हो ।
आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम रहेको छ ।
यता, आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ। चाँदी आज तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।