Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  ताप्लेजुङमा जिप दुर्घटना हुँदा दुई जना घाइते


    आइतबार, भाद्र २६ २०७९
    570
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुको रातमाटे खण्डमा शनिबार साँझ मे१ज २०७४ नम्बरको जिप दुर्घटना हुँदा एक महिलासहित दुई जना यात्रु घाइते भएका छन् ।

    प्रहरी चौकी साब्लाखुका अनुसार सिदिङ्वा गाउँपालिका–५ लिम्बु दिनकी २२ वर्षीया सीता इधिङ्गो र एकजना अन्दाजी ६५ वर्षीय वृद्ध घाइते भएका हुन् ।

    घाइते वृद्धको भने नाम र ठेगाना खुलिनसकेको प्रहरी चौकीका हवल्दार अमृत दमाईले बताए । उनका अनुसार घाइते दुवै जनाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

    झापाको दमकदेखि साब्लाखु भन्ज्याङतर्फ जाँदै गरेको जिप अचानक  ब्रेक फेल भई दुर्घटना भएको प्रहरी चौकी साब्लाखुले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार