ललितपुर ।पवन प्रकृति अंग्रेजी माध्यामिक बिद्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उर्तिण बिद्यार्थीहरुलाई सम्मान गरेको छ । बिद्यालयले गत बैशाखमा भएको एसईई परीक्षामा ४ जीपीए ल्याएर उर्तिण हुने रोशन ज्ञवालीलाई नगद रु. पचास हजार र अन्य दुई जनालाई नगद रु पाँच पाँच हजारसहित सम्मान गरेको छ ।
बिद्यालयले आज महालक्ष्मी नगरपालिकाको टिकाथली स्थित आफ्नै प्राङगडमा एसईई परीक्षा २०७८ मा ४ जीपीए ल्याउने रोशन ज्ञवालीसहित १०८ जना बिद्यार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रमा प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन , बिशेष अतिथिहरुमा महालक्ष्मी न. पा -५ टिकाथलीका वडा अध्यक्ष कपिल के सी , नेपाली कांग्रेस नगर सभाति दिवाकर सिलवाल , महालक्ष्मी नगर शिक्षा अधिकृत सुनिता योङ्हाङ्ग,अतिथिहरुमा बिभिन्न बिद्यालयका प्रधानअध्यापक, राजनितिक दलका प्रतिनिधि, समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख लक्ष्मी मर्हजनले महालक्ष्मी नगरपालिकाले शिक्षा बिना कुनै कुरा पनि संभव नहुने हुनाले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । एसईई परीक्षा २०७८ मा नेपाल भरिकै उत्कृष्ट ४३ मध्ये १ जना रोशन ज्ञवाली पवन प्रकृति अंग्रेजी बिद्यालयकै छात्र भएकोले बिद्यालयको टिमलाई धन्यवाद दिनुभयो । भबिश्यमा पनि बिद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्न सकोस् भन्ने शुभकामना ब्यक्त गर्दै नगरपालिकामा भएका १४ सामुदायिक बिद्यालय सहित ६१ बटा बिद्यालयको शैक्षिक सुधारका लागि नगरपालिकाले सकेको सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बिशेष अतिथि कपिल केसीले आफ्नो वडामा नै रहेको बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीले एसईईमा उत्कृष्ट अंक जीपीए ४ ल्याएकोले आफूलाई खुसी लागेको बताउनुभयो ।
त्यसैगरि कार्यक्रममा बिशेष अतिथि नेपाली कांग्रेस महालक्ष्मी नगर सभापति दिवाकर सिलवालले शिक्षा नै सबथोक हो भन्दै जीपीए ४ ल्याएर एसईई उर्तिण रोशन ज्ञवालीलाई नगद पाँच हजार प्रदान गर्नुभयो ।
सम्मान कार्यक्रमका सभापति तथा पवन प्रकृति अंग्रेजी बिद्यालयका प्रधान अध्यापक उतर कुमार राईले बिद्यालयले कोरोनाको महामारीमा पनि बैकल्पिक माध्यमबाट नै भएपनि पढाईलाई निरन्तरता दिएको र आगामी दिनमा पनि बिद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न हर तवरले प्रयत्न गरिरहने र यो सालबाट सुरु भएको एसईई सम्मान कार्यक्रम नरोकिने बताउनुभयो । प्र .अ राईले नगरपालिकाबाट केहि कुराहरुमा सहयोग प्राप्त भए पनि जति स्थानीय सरकारले संस्थागत बिद्यालय सहयोग गर्नु पर्थ्यो त्यो नभएको बताउनुभयो । प्र .अ राईले राज्यले संस्थागत बिद्यालयलाई पनि सहयोग गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा बिद्यार्थी अभिभावक तथा बिद्यालयका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बिद्यार्थी भाइ बहिनीहरुले बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
पवन प्रकृति अंग्रेजी बिद्यालय बि स २०४८ स्थापना भएर ललितपुरको महालक्ष्मी नगरपालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्दे आइरहेको छ।बिद्यालयमा हाल १४०० भन्दा बढि बिद्यार्थीहरु अध्ययनरत छन् ।