Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १५२ जनामा कोरोना पुष्टि, दुईको मृत्यु


    शुक्रबार, भाद्र २४ २०७९
    950
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार २९४ जनाको कोरोना परीक्षण गर्दा १५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    एक हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ११० र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा १३३ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै,हाल देशभर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४४८ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार