काठमाडौँ। छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपराह्न ५ः३० बजे सुरु हुनेछ ।
प्रतियोगितामा भुटानको दोस्रो खेल हो भने श्रीलंकाको पहिलो खेल हो । त्यसैले दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् ।
आजको खेलमा अंक हासिल गर्न नसके भुटान फेरी एकपटक समूह चरणबाट बाहिरिनेछ । भुटानले हालसम्म साफ च्याम्पियनसिपको इतिहासमा कुनै खेल जित्न सकेको छैन ।
श्रीलंकाले दोस्रो खेल सोमबार नेपालविरुद्ध खेल्नेछ । भुटान पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो ।