Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रभु बैंकले १ लाख भन्दाबढी कित्ता संस्थापक सेयर बिक्री गर्दै 


    शुक्रबार, भाद्र २४ २०७९
    520
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रभु बैंकका संस्थापक सेयरधनीहरुले शुक्रबार (भदौ २४ गते) देखि आफ्नो नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्। 

    बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाले ५६ हजार ११२ र श्रवण कुमार अग्रवाले ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । प्रतिकित्ता सेयरको भाउ १८० रुपैयाँ तोकिएको छ ।

    यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ ।

    उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार