काठमाडौँँ । बैतडीबाट लागूऔषध चरेससहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बिहारस्थित पश्चिम चम्पारणका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरीलाई चरेससहित प्रहरीले पक्राउ गरेको हो ।
गएराति गोठालापानी बजारबाट खटिएको प्रहरी टोलीले गोठालापानी शाहिलेक पक्की सडकखण्डको छेउबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट पाँच सय मिलिग्राम चरेस फेला पारेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।