Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेखर कोइरालाले भने- १०० सिट पार्टीले नपाए कांग्रेसभित्र विद्रोह हुन सक्छ   


    बिहिबार, भाद्र २३ २०७९
    835
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा १०० सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने बताएका छन् ।

    बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा कांग्रेस भित्र विद्रोह हुन सक्ने बताए ।

    ‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुपर्यो नत्र बहुमत कहाँबाट बन्छ ? उहाँ (अन्य दल) हरु १०० सिट दिने पक्षमा हुनुहुन्न ।‘१६५ सिटमा हामी उठ्यौं भने आकांक्षी नपुग्ने अवस्था छ’ उनले भने ।

    गठबन्धन गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताएका हुन्। यो कुरालाई हामीहरुले पटक पटक केन्द्रीय नेतृत्वको सामुन्ने राखेका छौं । आज र भोलि भित्र उहाँहरुले केही न केही निर्णय गर्नुपर्छ ।’कारणले अहिले नेपाली कांग्रेस अप्ठेरो अवस्थामा रहेको कोइरालाले बताए

    उनले सरकार बनाउन मात्र गठबन्धन गर्नेबारे सोचेको भए भविष्यमा सबै अप्ठेरोमा परिन्छ त्यसैले वैदेशिक नीतिलगायतका विषयमा गठबन्धनमा रहेका सबै दलको न्यूनतम साझा सहमति हुनुपर्ने कोइरालाको भनाइ छ ।

    ‘हामी कुनै गुटको राजनीति गर्दैनौं । गुटको राजनीति जतिबेला गर्नुपर्ने हो त्यतिबेला गरौंला,’ उनले भने, ‘तर, अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार