Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति 


    बुधबार, भाद्र २२ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेवाः समुदायको भावनामा ठेस पुर्‍याउने गरी प्रस्तुती दिएको आरोपमा पक्राउ परेका हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो । 

    उनीमाथि गरिएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी प्रहरीले गरिसकेको छ । 

    यसैबीच, एमालेले उनलाई यथाशीघ्र रिहा गर्न माग गरेको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले कला प्रस्तुत गर्ने क्रममा १० दिनदेखि प्रहरी हिरासतमा रहेका कलाकार सिंहलाई रिहा गर्न माग गरेका हुन् । 

    व्यंग्यात्मक कमेडीले कसै न कसैलाई असर गर्ने भए पनि कलाकारलाई पक्राउ गर्न नहुने भन्दै उनले सिंहलाई तत्काल रिहा गर्न माग गरेका हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार