एजेन्सी। चर्चित दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले ‘पुष्पा २’का लागि झण्डै अभिनेता सलमान खानको हाराहारीमा पारिश्रमिक हातपारेका छन् । फिल्म ‘पुष्पा’को सफलता पछि उनको पारिश्रमिकदेखि स्टारडमसम्ममा व्यापक वृद्धि भएको छ ।
‘पुष्पा २’ का लागि उनले १२५ करोड पारिश्रमिक लिएका छन्। यो फिल्मको बजेट ४ सय ५० करोड रहेको छ । उनको यो पारिश्रमिकसँगै बलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको तेस्रो स्थानमा परेका छन् ।
यस फिल्म भने आगामी वर्षमात्र रिलिज हुनेछ ।