Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली शैक्षिक प्रमाणपत्र बनाउने फोटो स्टुडियोका सञ्चालक पक्राउ


    मंगलबार, भाद्र २१ २०७९
    700
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । राजधानीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा फोटो स्टुडियोका तीन जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका ९ बत्तिसपुतली स्थित सञ्चालित विभिन्न फोटो स्टुडियोका सञ्चालकहरुलाई शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा हिजो प्रहरीले नियन्त्रणमा लिएको हो । 

    पक्राउ पर्नेमा एभिआइका सञ्चालक चुबरलाल चौधरी, एमए जेनेरलका सञ्चालक सुमित्रा कोईराला र आरएन फोटो स्टुडियोका सञ्चालनक फुल्हमु तामाङ् हुन् ।  उनीहरुले एसएलसी र +२ उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रामाणपत्र बनाए बापत पाँच सयदेखि हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले विशेष गरी वैदेशिक रोजगार खाडी मुलुक जाने व्यक्तिलाई उक्त प्रमाण पत्र बनाउने गरेको प्रहरीले जनाएको छ । 

    उनीहरुको साथबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाउन प्रयोग हुने विभिन्न उपकरण र तयारी अवस्थामा रहेका नक्कली शैक्षिक प्रमाणपत्र बरामद गरिएको छ ।  पक्राउ परेका तीनै जनालाई लिखित सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार