काठमाडौँ । गुल्मीमा एकीकृत समाजवादी र एमालेबिच एकता भएको छ ।
एकीकृत समाजवादीको जिल्ला समिति नै नेकपा एमालेमा समाहित भएको छ । एकीकृत समाजवादीकाे जिल्ला समिति नै एमालेमा समाहित भएपछि एकता नाम दिइएकाे हाे।
समाजवादी बाट एमालेमा समाहित हुन आएका नेता कार्यकर्तालाई सोमबार एमालेका महासचिव प्रदिप ज्ञवाली र सचिव गोकर्ण विष्टलगायत नेताले स्वागत गरेका थिए।
एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी,जिल्ला ईन्चार्ज गणेश खनालसहित अधिकांश जिल्लास्तरका नेताहरू एमालेमा पुन: फर्किएका हुन्।
यसरी जिल्ला समिति नै नेकपा एमालेमा समाहित भएपछि गुल्मी बाटै निर्वाचन लड्ने तयारी सहित गृह जिल्ला पुगेकी पूर्व मन्त्री रामकुमारी झाक्रीलाई ठुलो झड्का लागेको छ ।
केहि समयअघि पार्टीले मन्त्री पदबाट फिर्ता बोलाएपछि झाक्री जिल्ला बाट नै निर्वाचन लड्ने तयारीमा रहेकी थिइन् तर पार्टी जिल्ला समिति नै एमालेमा प्रवेश गरेपछि झाक्रीलाई निर्वाचन लड्न चुनौति आइपरेको देखिन्छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend