Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन


    सोमबार, भाद्र २० २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दाे तथा गुणस्तरीय क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका लागि निर्माणगरिएको योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ।

    नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन सोमबार उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री पम्फा भुसालले गरेकी छन् । 

    प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ। साथै, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ।

    उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताउदै गुणस्तरीय विद्युत प्रवाहका लागि प्रसारण लाइन निर्माणलाई तिब्रता दिइएको बताएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार