काठमाडौँ । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । आइतबार अपरान्ह चट्याङ लागेर कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्रा रानाको ज्यान गएको हो ।
बाटोमा हिँडिरहेका बेला चट्याङ लागेर उनीहरु घाइते भएका थिए । घाइते दुवै जनाको उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा निधन भएको प्रहरीले जनाएको छ।