काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर पीसीआर तथा एन्टीजेन गरी कूल ३ हजार ४ सय ५० जनामा कोरोना परीक्षण गर्दा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज कोरोनाका कारण कसैको पनि मृत्यु भने भएको छैन ।
त्यस्तै, थप २३० संक्रमित कोरोनामुक्त भएका छन् भने नेपालमा हाल २ हजार ५ सय २८ जना अझै सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।