Nepal Face
  • आइतबार, १० साउन २०८३
  • करेन्ट लागेर एक जनाको मृत्यु 


    आइतबार, भाद्र १९ २०७९
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर शनिबार जम्पर जोड्ने क्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको ज्यान गएको हो। 

    करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि राति फेमिली केयर अस्पताल दिक्तेल लगिएको थियो । 

    तर, अस्पताल पुर्‍याएलगत्तै उनलाई मृत घोषणा गरिएको थियो । गत १६ भदौमा छुट्याइएको जम्पर जोड्ने क्रममा उनलाई करेन्ट लागेको वडाध्यक्ष मुगाधन राईले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार