Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोकसेवाले गर्यो २१ परीक्षार्थीलाई कारबाही


    आइतबार, भाद्र १९ २०७९
    625
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौँ । कर्णाली प्रदेश लोकसेवा आयोगले  उत्तरपुस्तिकामा नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्नेको भन्दै २१ जना विद्यार्थीलाइ कारबाही गरेको छ ।  

    आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्रि पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले बताएको छ । 

    आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन  इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सवइन्जिनियर पदको लागि ०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो ।  २० जनाले भित्रि पृष्टमा नाम र रोलनम्बर लेखेको आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए ।  २० जनालाई १ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि कारबाही गरिएको  छ ।

    एक जनालाइ दुइ वर्ष सम्मा परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । उनका अनुसार २१ जनाकै परीक्षा रद्द गरि कारबाही गरिएको छ ।  प्रदेश लोक सेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ख बमोजिम  कारबाही गर्ने निर्णय गरेको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार