Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ 


    आइतबार, भाद्र १९ २०७९
    535
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन्। जिल्लाको मधुवन नगरपालिका–४ माचड चोक बस्ने सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरी रहेका छन् । उनीहरुलाई प्रहरीले  शनिबार पक्राउ गरेको हो । 

    इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार