Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिलो एकदिवसीय खेलमा केन्यामाथि नेपालको सानदार जित


    शुक्रबार, भाद्र १७ २०७९
    440
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटले विजयी भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो । 

    नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यसतै अर्जुन साउदले ६१ रनको अर्धशतकीय पारी खेले । ९७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । 

    नेपालका लागि ज्ञानेन्द्र मल्लले २४, दीपेन्द्र सिंह ऐरीले अविजित १५ र रोहित कुमार पौड्यलले ३ रन जोडे । केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एक/एक विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८।१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको थियो । केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय पारी खेले । पटेलले ६७ र  ओबुयाले ६२ रनको योगदान गरे । 

    त्यस्तै ईफ्रान करिमले ३१ बनाए । नेपालका लागि सोमपाल कामी र करण केसीले समान तीन/तीन विकेट लिए । त्यस्तै आदिल आलम र पवन सर्राफले समान एक/एक विकेट लिए । जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।  नेपालले केन्यासँग भोलि शनिबार दोस्रो खेल खेल्ने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार