Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  हडताल मात्र गरेर विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री देउवा


    शुक्रबार, भाद्र १७ २०७९
    795
    Shares
  • २ मिनेट पाठ
  • काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन्। 

    आज ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शङ्करदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन् । प्रधानमन्त्री देउवाले शैक्षिक विकासका लागि सरकार सधैँ प्रतिबद्ध रहेको पनि दाबी गरेका छन्। 

    देउवाले भने, ‘विकासका लागि सरकार सधैँ नै प्रतिबद्ध छ । गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूर्ण पक्ष हो । विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन् । राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ ।’

    देउवाले गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शङ्करदेव क्याम्पसलाई नजिकैको खाली रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।साथै उनले क्याम्पसलाई अध्ययनका लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रिपरिषदमा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताए 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार