काठमाडौँ । गएराति परेको वर्षाका कारण कैलालीमा ३८० भन्दा बढी घर डुबानमा परेका छन् । उक्त वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले डुबान भएको हो । सबैभन्दा बढी भजनी नगरपालिकामा डुबान भएको छ ।
काँढा, पथरैया, मोहना नदीको बाढी घरमा पसेर सो पालिकामा ३२७ जति घर डुबानमा परेको भजनी नगरपालिकाका विपद् स्रोत व्यक्ति खिम पनाडीले जानकारी दिए ।उनका अनुसार वडा नम्बर ८ मा मात्रै करिब २०० घर डुबानमा परेको छ । त्यस्तै, वडा नम्बर २ मा एक सयभन्दा बढी घर र वडा नम्बर ३ मा केही घर डुबानमा परेको छ ।