Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम 


    बिहिबार, भाद्र १६ २०७९
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको छ । जसको प्रभावले प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ । 

    राती प्रदेश १, गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ । शुक्रबार पनि प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार