Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुद्धनगरमा निर्माणाधीन घरको छैठौं तलाबाट खस्दा दुई बालबालिकाको मृत्यु


    बुधबार, भाद्र १५ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  निमार्णधीन घरको छैठौं तलाबाट खसेर दुई बालबालिकाको ज्यान गएको छ । काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित  निमार्णधीन घरको छैठौं तल्लाबाट खसेर आज साँझ उनीहरुको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा भारतको विहार घर भई हाल मनोहरा पेप्सीकोला बस्ने १४ बर्षीय अनिकेत रोय र १३ वर्षीय कृतिका जैसवाल रहेका छन् । 

    घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। उनीहरूको उपचारका क्रममा निधन भएको हो। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार