काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेप्से झन्डै २२ अंकले घटेको छ । नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा कायम रहेको छ।
आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर भने उच्च अंकले ओेरालो लागेको छ ।
नेप्से दोहोरो अंकले घटेको दिन दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता सेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
त्यस्तै, आज हिमालयन पावर पार्टनरको सेयर सबैभन्दा धेरै झन्डै ७ प्रतिशतले घटेको छ भने आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै २ प्रतिशतले बढेको छ ।