काठमाडौँ। भक्तपुरको गुण्डुस्थित काठमाडौँ वर्ल्ड स्कूलमा अध्ययनरत विद्यार्थीबीच झडप भएको छ। उक्त भएको झडप बढ्दै जाँदा त्यस क्षेत्र तनावग्रस्त बनेको छ।
भक्तपुरका प्रहरी प्रवक्त डिएसपी राजु पाण्डेका अनुसार केही दिन पहिले विद्यार्थीबीच भएको झगडामा अभिभावक पनि सामेल भएपछि अवस्था तनावग्रस्त बनेर प्रहरी नै परिचालन गर्नु परेको थियो।
बुधबार बिहानदेखि दुई पक्षका अभिभावसहितको झगडाले उग्ररूप लिएपछि अवस्था तनावग्रस्त बनेको हो।
सुरक्षाका लागि तैनाथ प्रहरीले केहीलाई लाठी प्रहार गरेर तितरवितर बनाएको छ। हाल अवस्था सामान्यतर्फ गएको डिएसपी पाण्डेले बताए।