काठमाडौं। नेपाली बजारमा आज पनि सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।
आज तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, आज चाँदीको मूल्य घटेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ।