Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शनिबार नयाँ चन्द्र रकेट प्रक्षेपण गर्दै नासा


    बुधबार, भाद्र १५ २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। नासाले नयाँ चन्द्र रकेट प्रक्षेपण गर्न दोस्रो पटक प्रयास गर्ने भएको छ । हप्ताको सुरुमा परीक्षण उडान रद्द भएपछि नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट शनिबार दोस्रो पटक प्रक्षेप गर्न लागेको हो । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको यस रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो।

    स्थानीय समयअनुसार सोमबार बिहान प्रक्षेपणको लागि योजना गरिएको थियो तर रकेटका चार आरएस २५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण स्थागित गरिएको थियो ।

    शनिबार प्रक्षेपण गर्न लागिएको अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ सातापछि प्रशान्त महासागरमा खस्ने नासाले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार