एजेन्सी। पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन भएको छ। उनको ९१ वर्षको उमेरमा निधन भएको हो। सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए ।
उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् । ‘मिखाइल गोर्बाचेभ एक दयालु राजनीतिज्ञ थिए’ « महासचिव गुटेर्रेसले भनेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अन्तिम सोभियत नेता गोर्बाचेभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् ।