Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम 


    बुधबार, भाद्र १५ २०७९
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज देशभर पानी पर्ने सम्भावना रहेको छ । हाल गण्डकी, प्रदेश नम्बर १, मधेश, बागमती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

    मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने बताएको छ । 

    राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ।  प्रदेश नम्बर १, मधेश , गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भू-भागमा भू-क्षय, पहिरोको जोखिम बढेकाले सतर्क रहन अनुरोध गरेको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार