Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम ? 


    मंगलबार, भाद्र १४ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज देशभर भारी वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ । 

    आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । 

    प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भूरभागमा भूरक्षय, पहिरोको जोखिम बढेकाले सतर्क रहन अनुरोध गरेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार