Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘मिसेस नेपाल पिस २०२२’ हुँदै, 


    सोमबार, भाद्र १३ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल पिस २०२२’ आयोजना हुने भएको छ। यस प्रतियोगिताको व्यवस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुला गरेको जानकारी दिएको छ।

    ‘शान्तिबिना स्थायित्व र स्थायित्वबिना समृद्ध र विकसित समाज सम्भव छैन। त्यसमाथि पनि हिंसारहित समाजको निर्माण नभई आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ भने नारासहित मिसेस नेपाल आयोजना हुने भएको हो। 

    मिसेस् नेपाल पिस’ जुनै उमेर समुहका विवाहित, डिभोर्सी लगायत महिलाले सहभागीता जनाउन सक्नेछन् । कुनै तौल, उचाईंको मापदण्ड पनि नभएको आयोजकले जनाएको छ ।

    प्रतियोगिताको ब्रान्ड एम्बेस्डर अभिनेत्री ऋचा शर्मा छन् भने कार्यक्रमका कोरियोग्राफर राेजिन शाक्य हुन्।

    एमी इन्टरटेन्मेन्ट र जिभा इन्कोर्परेटेडको ब्यानरमा आयोजना हुने यस प्रतियोगिताको पहिलो संस्करणको अडिसन यही भदौ १८ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा हुने तोकिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार