Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  कपनबाट ब्राउनसुगरसहित एक पुरुष पक्राउ


    सोमबार, भाद्र १३ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंको कपनबाट लागु औषध ब्राउन सुगरसहित एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-६ कपन साततलेबाट एक जना ५० वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।

    पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका-३ घर भई काठमाडौं-६ सरस्वतीनगर बस्ने देवीप्रसाद शिवाकोटी छन्। उनीबाट प्रहरीले १४ ग्राम ब्राउन सुगर बरामद गरेको छ। 

    लागु औषध बिक्री-वितरण गरिरहेको भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएर उनलाई नियन्त्रणमा लिएको हो।

    उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ को कसुर काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार