Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले केन्यालाई चार विकेटले हरायो 


    आइतबार, भाद्र १२ २०७९
    565
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टि–२० श्रृङखलाको तेस्रो खेलमा घरेलु टिम केन्यालाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो ।

    नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले जितका लागि दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान गरे।  

    त्यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५, उप कप्तान रोहित पौडेलले २९, पवन सर्राफले २०, आदिल अन्सारीले १६ र दीपेन्द्र सिंह ऐरी ६ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल र युगिनी ओचिङले दुई–दुई विकेट लिए ।  

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा दुई विकेट गुमाएर १५६ रन बनायो ।  त्यस्तै केन्याका लागि इर्फान करिमले सर्वाधिक पटेलले ७३, इर्फान करिमले ५५  रन,  सुकदीप सिंहले ८,  कोलिन्स ओब्यूएले १४ रन लिए । 

    नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक–एक विकेट लिए । यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ ।  यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । नेपाल र केन्याबीच चौंथो टि–२० खेल भोलिको लागि तय गरिएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार