काठमाडौं। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
आज नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा खुम्चिएको छ ।
यसदिन २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३ ७ हजार १०३ रुपैयाँमा खरिदबिक्री भएको छ भने आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको भने छैन।
कारोबारमा आएका १३ वटा समूहमध्ये १२ को सूचक घटेको छ। भने १ को मात्र बढेको छ।
यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक ३.७४ र हाइड्रो पावरको समूहको ३.४२ प्रतिशतले सूचक घटेको छ ।
यस्तै होटल एन्ड टुरिजम, डेभलपमेन्ट बैंक,नन लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स र इन्भेस्टमेन्ट समूहको सूचक २ प्रतिशत बढिले घट्यो।
१२ समूह सूचक घटेको सेयर बजारमा म्युचुअल फन्डको ०.५३ प्रतिशतले सूचक बढयो।
रुरु जलविधुतको परियोजनाको सेयर मूल्य १० प्रतिशतले खुम्चियो ।
त्यस्तै, अरुण कावेली पावरको १० करोड बराबरको सेयर कारोबार गरी पहिलो स्थानमा रह्यो भने यस्तै शिवम् सिमेन्ट ७ करोड मूल्य बराबरको सेयर कारोबार गरी दोस्रो स्थानमा रहन सफल भएको छ।